बिरभान हत्या प्रकरण : आरोपी जिल्ला अदालत बैतडी पेश गरिदै

ललित बाेहरा, बैतडी : बैतडीको पाटन नगरपालिका-६ बस्ने ५१ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्या आरोपी पाँच जनालाई प्रहरीले अदालत पेश गर्ने भएकाे छ।

सरकारी वकिलको रहोवरमा बयान सनाखत गरिसकेपछि शत्रबारसम्म जिल्ला अदालत बैतडीमा पेश गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

पहिलो चरणमा प्रहरीले बयान लिएको छ । पाटन नगरपालिका-६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन–६ कै २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका-१ का १९ बर्षिय राजेन्द्र भट्टराई र १७ बर्षिय नाबालकले हत्याकाे एकदिनपछि शव व्यवस्थापन गरेको प्रहरी बयानमा दिएका छन् ।

किटानी जाहिरीमा नाम उल्लेख भएका पाटन नगरपालिका-६ का करिब ३८ बर्षिय भरतमोहन बिष्टले घटनामा कुनै संलग्नता नभएको बयान प्रहरीलाई दिएको स्रोतको भनाई छ ।

पाँच जनाको सरकारी वकिल कार्यालयमा गरिएको सनाखत बयान के-के भयो भन्ने बारे केही खुलेको छैन् ।  पाँच जनाकै अदालतबाट तीन पाटन म्याद थप परेर इलाका प्रहरी कार्यालय पाटनले अनुसन्धान गरेको हो ।

पाँच जनालाई नै जिल्ला अदालत पेश गर्ने तयारी भएको छ । अदालतले आरोप पुष्टी गर्ने प्रमाण परिक्षण तथा बयान गर्नेछ । जेल चलान गर्ने, तारिखमा छोड्ने लगायतको बिषय फैसला अदालत गर्नेछ ।

आरोपीले आफ्नो निजी वकिल राख्न पाउने व्यवस्था छ । त्यस अनुसार भागरथी बिष्ट लगायतका आरोपीहरुले वकिलहरु खोजीसकेका छन् । असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ स्थित घाङल खोलामा फेला परेको थियो ।

चार जनाले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्।

असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको अवस्थामा भेटीएको थियो । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ ।

हत्या किन गरिएको हो भन्ने बिषय अहिलेसम्म खुलेको छैन् । बिरभान र भागरथी बिच आर्थिक लेनदेनले ठुलो रुप दिएको हुन सक्ने अनुमान गरिएको छ । ट्रकका मालिक बिरभानको कुनै बैंकमा खाता भेटीएको छैन ।

पिडीत परिवारले भने अनुसन्धान व्यापक र गहिरामा नपुगेर भएकाे अाराेप लगाएका छन्र । उनीहरुले प्रहरीलाई दिएको अडियो लगायतका बिषयमा समेत अनुसन्धान नगरेकोले अनुसन्धानमा केही दाेषीलाइ जाेगाउन खाेजीएकाे अाराेप छ ।

प्रमाण के-के भेटीयो?

शव व्यवस्थापन प्रयोग भएको प्लाष्टीक, डोरी खरिद गरेको पसल र मान्छे । शव व्यवस्थापन गर्न प्रयोग गरेको यातायाताको साधन मोटरसाईकल, रगत लागेका कपडा, कम्बल, कमिज र चिरपट तीन,  बिरभानले लगायका कपडा, प्रयोग गर्ने मोबाईल फोन लगायतका प्रमाणहरु प्रहरीले संकलन गरेको छ । सबै अदालतमा पेश  हुने छन्र ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.