एसइईमा बैतडीका १८ वटा विधालयको नतिजा शून्य, सुर्नयाका १२ मावि मध्ये ६ निल

बैतडी :

माध्यामिक शिक्षा परीक्षा एसइईमा बैतडीका १८ वटा विधालयको नतिजा शून्य आएको छ । बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा एनजी आएको छ ।

नतिजा अनुसार सबैभन्दा बढी सुर्नया गाउँपालिकाभित्र रहेका ६ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको छ । यस्तै दशरथचन्द नगरपालिकाका-४, मेलौली नगरपालिकाका-३, दोगडाकेदार गाउँपालिकाका-२, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका एक÷एक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए ।

जसअन्तर्गत सुर्नया गाउँपालिकाका राष्ट्रिय, नेरा, सिगास, केदार, कैलपाल र उदयदेव माविका सबै परीक्षार्थीको नतिजा एनजी छ । दशरथचन्द नगरपालिकाका सरस्वती संस्कृत, शोभा, गुरुकूल र कैलपालेश्वर माविको नतिजा शून्य छ ।

मैलौली नगरपालिकाको केदारेश्वर, सुदर्शन र भरतपुर मावि, दोगडाकेदार गाउँपालिकाको रौलेश्वर र चनैराज मावि छन् ।
पाटन नगरपालिकाको निलपलेश्वर मावि, सिगास गाउँपालिकाको भूमिराज मावि र पञ्चेश्वर नगरपालिकाको देवथला माविका सबै विद्यार्थीको नतिजा एनजी छ ।
बैतडीको सूर्नया गाउँपालिकामा १२ मावि मध्ये ६ वटाको नतिजा शून्य छन ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.