डडेल्धुरा :
डडेल्धुराको अजयमेरु गाउँपालिकाको बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँपालिका केन्द्र भद्रपुरमा बसेको गाउँसभाको १५औं अधिबेशनको तेश्रो बैठकबाट आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट रु.४८ करोड ३१ लाख ७२ हजार सर्वसम्मत रुपमा पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझाले बताए ।
गाउँसभाको १५औं अधिबेशनको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष बसन्ती पालले पेश गरेको बजेट १५औं अधिबेशनको तेश्रो बैठकबाट पारित गरिएको हो । गत बर्षको कार्यक्रमलाई बजेटले निरन्तता दिएको छ ।
बिदुर भत्ता देखी घरदैलोमा सरकारसम्म कार्यक्रमलाई प्राथमिकता दिएको छ भने व्यवसायीक किसानको कृषि दुर्घटना बिमा, गाउँपालिका अन्तगतका कार्यालयहरुमा जंङफुट निषेध गर्ने बिषयलाई बजेटले सम्बोधन गरेको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए ।
पर्यटन तथा संस्कती संरक्षणमा १ करो ११ लाख, सहकारी व्यवस्थापन तथा मर्जका लागि १ लाख ५० हजार, एमबिबिएस अध्ययन छात्रबृती कार्यक्रम ६ लाखसहित शिक्षा क्षेत्रमा २ करोड ३५ लाख, स्वास्थ्य क्षेत्रमा २ करोड ९१ लाख लगायतको बजेट पारित गरेको छ ।