बैतडी: पाटनकाे होटलबाट सिगास गाउँपालिकाले भुक्तानी दिदै

बैतडी : बैतडीको सिगास गाउँपालिकाको कामकाज कार्यालय पाटनको होटल बनेको छ । असार २० गतेबाट गाउँपालिका अध्यक्ष हरिसिह धामी र प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीसहितका कर्मचारी होटलमा बसेर सिगासका जनताको काम गरिरहेका छन् ।

इन्टरनेट अभाव र लेखापालको कमीले सिगास गाउँपालिकाकाे कार्यालय गर्जेबाट सेवा दिन नसकिएको प्रमुख प्रसासकिय अधिकृत अवस्थीले बताए ।

उनले अन्य कार्यालयको लेखापालले काम चलाईदिने तथा उनलाई सिगास बोलाउदाँ उनले काम गर्ने कार्यालयको काममा बाधा पुग्ने भएकाले पाटन आउनु परेकाे बताए ।

गाउँपालिकाले योजना उभोक्ता समितिका काम अधिकास सम्पन्न गरेको छ भने बाँकि फाईलहरु पाटन नै लाएको छ ।

होटल व्यालेस एण्ड लज पाटन बैतडीमा गाउँपालिकाले २० गतेदेखि ८ कोठा भाँडा लिएर सिगासका जनताको भुक्तानी लगायतका सेवा दिइरहेको छ ।

झोलामा कार्यालयको छाँप, विकास निमार्णका फाईलसहितका लिएर मुख्य शाखाका प्रमुख तथा कर्मचारी पाटनमा छन् । कार्यालय इन्जिनियर कृष्ण बहादुर चलाउने, कम्प्युटर अपरेटर तथा सूचना प्रबिधि र  जिन्सीका रविन्द्र कुमार साउद लगायतका १६ कर्मचारी होटलमा बसेर काम गरिरहेका छन्र ।

स्थानीय तहकाे रकममा उनीरूले राज गरीरहेकाे प्रमाणा प्राप्त भएका छन्र । स्थानीय तह र प्रदेशले असार २४ गतेसम्म मात्र कारोवार गर्न पाउछन् ।

 

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.