बैतडी : बैतडीको सिगास गाउँपालिकाको कामकाज कार्यालय पाटनको होटल बनेको छ । असार २० गतेबाट गाउँपालिका अध्यक्ष हरिसिह धामी र प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीसहितका कर्मचारी होटलमा बसेर सिगासका जनताको काम गरिरहेका छन् ।
इन्टरनेट अभाव र लेखापालको कमीले सिगास गाउँपालिकाकाे कार्यालय गर्जेबाट सेवा दिन नसकिएको प्रमुख प्रसासकिय अधिकृत अवस्थीले बताए ।
उनले अन्य कार्यालयको लेखापालले काम चलाईदिने तथा उनलाई सिगास बोलाउदाँ उनले काम गर्ने कार्यालयको काममा बाधा पुग्ने भएकाले पाटन आउनु परेकाे बताए ।
गाउँपालिकाले योजना उभोक्ता समितिका काम अधिकास सम्पन्न गरेको छ भने बाँकि फाईलहरु पाटन नै लाएको छ ।
होटल व्यालेस एण्ड लज पाटन बैतडीमा गाउँपालिकाले २० गतेदेखि ८ कोठा बुक लिएर सिगासका जनताको भुक्तानी लगायतका सेवा दिइरहेको छ ।
झोलामा कार्यालयको छाँप, विकास निमार्णका फाईलसहितका लिएर मुख्य शाखाका प्रमुख तथा कर्मचारी पाटनमा छन् । कार्यालय इन्जिनियर कृष्ण बहादुर चलाउने,घनश्याम बोहरा स्वास्थ्य शाखा प्रमुख, टीका सिंह धामी अन्तरिक लेखा परिक्षक, कम्प्युटर अपरेटर तथा सूचना प्रबिधि र जिन्सीका रविन्द्र कुमार साउद लगायतका १६ कर्मचारी होटलमा बसेर काम गरिरहेका छन्र ।
स्थानीय तहकाे रकममा उनीहरूले राज गरीरहेकाे प्रमाण प्राप्त भएका छन्र । स्थानीय तह र प्रदेशले असार २४ गतेसम्म मात्र कारोवार गर्न पाउछन् ।