बिरभान हत्या प्रकरण : अभियुक्त पाँच जना पुर्पक्षका लागि जेल चलान

बैतडी : बैतडीको पाटन नगरपालिका-६ बस्ने ५१ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्या आरोपी पाँच जनालाई पुर्पक्षका लागि चेल चलान गरेको छ ।

आईतबार जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हर्क बहादुर क्षेत्री एकल इजलासले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो । जेल चलान हुनेमा जिल्लाको पाटन नगरपालिका- ६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका-६ का करिब ३८ बर्षिय भरतमोहन बिष्टपाटन–६ कै २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका-१ का १९ बर्षिय राजेन्द्र भट्टराई पुर्पक्षका लागि जेल चलान गरिएको छ भने १७ बर्षिय नाबालकलाई शुधारगृह  डाेटी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रमुख प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।  शिक्षिका बिष्टलाइ महिला कारागार डडेल्धुरा पठाएकाे छ ।

पाँच जनामाथि हत्या आरोपमा असार २ गतेबाट जिल्ला अदालतबाट तीन पाटन म्याद थप गरेर इलाका प्रहरी कार्यालय पाटनले अनुसन्धान गरेको हो । अदालतले आरोप पुष्टी गर्ने प्रमाण परिक्षण तथा बयान गरेपछि पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेको छ । तर अदलतको फैसला हुन बाँकी छ । फैसला आएपछि कसलाई कती बर्ष सजाय, पिडीत पक्षलाई क्षर्तीपूर्ती लगायतका बिषय समावेश हुनेछन् ।

असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ स्थित घाङल खोलामा फेला परेको थियो । काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष ओरोपीले बयान दिएका छन्।

असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको अवस्थामा भेटीएको थियो । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको थियो ।

अदालतमा के के प्रमाण भए पेश ?
हत्यामा संलग्न भएका अधिकाश प्रमाणहरु प्रहरीले अदालतमा पेश गरेको छ । जसमा शव व्यवस्थापन प्रयोग भएको प्लाष्टीक, डोरी, खरिद गरेको पसल सञ्चालको बयान, शव व्यवस्थापन गर्न प्रयोग गरेको यातायाताको साधन मोटरसाईकल, रगत लागेका कपडा, कम्बल, कमिज र चिरपट तीन, बिरभानले लगाएका कपडा, प्रयोग गर्ने मोबाईल फोन, फोन कल विवरण लगायतका प्रमाणहरु प्रहरीले संकलन गरेर अदालत पेश गरेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.