चर्चित देउडा गायक औजीको ‘लैजा परान’सार्वजनिक

बैतडी :

चर्चित देउडा गायक महेशकुमार औजीको स्वरमा रहेको ‘लैजा परान’बोलको गीत सार्वजनिक भएको छ । औजीको शब्द तथा संगीतमा रहेको उक्त गीत शनिबार देउडा दर्पण युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

लामो समयदेखि देउडा गायन क्षेत्रमा रहेका कलाकार औजीले संस्कृति संरक्षणकासाथै माया पिरतीमा आधारित गीत सिर्जना गर्दै आएका छन् । बैतडीको पञ्चेश्वर घर भएका औजीले ५ सय बढी देउडा गीत बजारमा ल्याइसकेका छन् ।

गायक औजीले सिर्जना गरेका गीतमा संस्कृति झल्किने गरेको संस्कृतिका जानकाहरुले बताएका छन् । अरु गीत जस्तै ‘लैजा परान’बोलको गीत पनि दर्शक÷श्रोताले माया गर्ने औजीले विश्वास व्यक्त गरे ।

देउडामार्फत डोटेली संस्कृति संरक्षणमा क्रियाशील रहेका औजीले गाएका गीतहरु निकै चर्चित हुने गरेका छन् । औजीले २०५५ सालदेखि देउडा गीत गाउँदै आएका छन् ।औजीको नयाँ गीत ‘लैजा परान’तलको लिंकबाट हेर्न र सुन्न सकिनेछ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.