पञ्चेश्वरमा पहिरोले तीन परिवार विस्थापित, गाउँपालिकाले सार्‍यो सुरक्षित स्थानमा

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका ४ बुंगाकामा तीन परिवार पहिरोले विस्थापीत भएको छ । बर्षासंग आएको पहिरोले स्थानीय पदम लुहार र हिरा लुहारको घर भत्काएको हो । लुहारको घरसँगै जोडिएको १० कोठे अर्को घरपनि जोखिममा परेको छ।

घर भत्कीएपछि पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख चन्द र उपाध्यक्ष बिना भट्टले तत्काल स्थलगत अनुगमन गरेर सुरक्षित स्थानमा सारिएको विपद व्यवस्थापन शाखा प्रमुख सुरेशराम सार्किले बताए ।

विस्थापित तीन परिवारलाई स्थानीय सामुयिक सचेतना भवनमा सारिएको गाउँपालिका उपाध्यक्ष भट्टले बताइन् ।  उनले घरपुर्ण क्षती भएकाले अहिले राहत स्वंरुपमा गाउँपालिकाले खाद्य समाग्री, त्रिपाल लगायतका सामाग्री प्रदान गरेको बताइन् ।

उनलाई आगामी आर्थिक बर्षको बजेटमा छाना मर्मतका लागि आर्थिक सहयोग गरिने गाउँपालिको जनाएको छ ।  यसैगरी जिल्लाको दशरथचन्द नगरपालिका-३ बर्काेलीका राम थानको दुई तले घर पनि भत्किएको छ । घर पूर्णरुपमा क्षतिग्रस्त भएपछि बृद्ध समेत रहेका राम नाथ छोराको घरमा बस्दै आएका छन् ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.