पञ्चेश्वर गाउँपालिका बैतडीको आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मतले पारित

बैतडी : पञ्चेश्वर गाउँपालिका बैतडीको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको १५ औं अधिवेशनको दाेस्राे बैँठकले आगामी आर्थिक वर्षको बजेट पारित भएकाे गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले घोषणा गरे ।

गाउँपालिका उपाध्यक्ष बिना भट्टले आगामी आर्थिक वर्षका लागि ४० करोड ५३ लाख रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरेकी थिइन्। बृहत छलफलसहित बजेट पारित भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रामसागर शाहले बताए ।

मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको उक्त बैठक आर्थिक ऐन समेत पारित गरेको छ । पञ्चेश्वर गाउँपालिकामा जनसंख्याका अधारमा वडागत बजेट विनियोजन गरिएको जनाएको छ । कम जनसंख्या भएकोमा ४० लाख र बढी जनसंख्या भएको वडामा ७५ लाखसम्म दिएको उपाध्यक्ष भट्टले बताइन् ।

बजेट शाखागत र वडागतरुपमा केही दिनभित्र गाउँपालिको आफ्नो अनलाईन पोर्टलबाट प्रकाशित गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.