डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का ग्रामीण भेगमा विद्युत्को पहुँच पुगेको छ। गाउँपालिका-४ का ककडपानी, खटौटे लगाएतका लेकाली गाउँमा विद्युत्को पहुँच पुगेको वडा अध्यक्षा पदम विष्टले बताए ।
एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले विद्युतको स्वीच थिचेर उद्घाटन गरे। विगत चार वर्षदेखिको अथक प्रयास पश्चात् गाउँमा बिजुली बाल्न सफल भएको अध्यक्ष अवस्थीले बताए।
उनकाअनुसार बाँकी रहेको ठाउँमा पनि लगत्तै विधुत् विस्तार हुने छ। सोलार, टुक्की तथा झोराको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरू विद्युत् पुगेपछि भने खुसी भएका छन्।