बैतडीमा बलत्कार आरोपी चिफ सर जेलबाट छुटे, पीडितलाई छैन जानकारी

बैतडी:

गत असार २० गते राति २ बजे बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रबहादुर नेगी परस्त्रीको कोठामा फेला परे। नेगीलाई श्रीमतीसँग बलत्कार गर्दैगर्दा कैलाली घर भएका डसराम चौधरीले फेला पारेका थिए। रक्सी सेवन गरेर नेगी आफू नभएको मौका छोपी रातिको समयमा जबजस्ती कोठामा पसरे श्रमतीलाई बलत्कार गरेको डसरामको दाबी छ।

मजदुरी गर्न बैतडी पुगेका चौधरी दम्पति पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत गाउँमा डेरा गरी बस्थे। डसराम कामको सिलिसिलामा डडेल्धुरा गएको मौका छोपी क्याम्पस प्रमुख आफ्नो कोठामा छिरेको दाबी चौधरीको दाबी छ। स्थानीय राजनीतिक दलका नेताहरूले बलत्कार जस्तो घटनामा मिलापत्र गर्न दबाबा र प्रलोभन दिए पनि न्याय माग्न र दोषीलाई कानूनबमोजिमको सजाय दिलाउन चौधरीले अदालत जाने निर्णय गरेका थिए।

चौधरीलाई मिलापत्र गर्न राजनीतिक दल र प्रहरी स्वयंले दबाब दिए पनि मुद्दा दायर गरेको बताउँने चौधरी अहिले आएर स्तब्ध भएको बताउँछन्। जिल्ला सरकारी वकिलको कार्यालय बैतडीमार्फत जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएसँगै नेगीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.