बैतडीमा जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठी सम्पन्न, कर्मचारी अभावले काम गर्न चुनौती

बैतडी : बैतडीमा जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठी सदरमुकाममा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधबार बैतडीका सरकारी कार्यालयहरुले गरेका कार्यक्रम तथा योजनाको समीक्षा गर्ने उदेश्यले जिल्लास्तरीय समीक्षा गोष्ठी गरिएको हो ।

जिल्लास्थित संघीय कार्यालय, प्रदेशका कार्यालय र स्थानीय तहहरुले चालु आर्थिक बर्षमा सम्पन्न गरेका गतिविधीहरुको बारेमा जानकारी गराएका छने भने काम गर्दा भएका चुनौती समस्याका बिषयमा समेत छलफल गरिएको छ ।

अधिकाँस कार्यालयले कर्मचारी अभावले काममा शतप्रतिशत प्रगती गर्ने नसकेको देखाएका छन् । प्रगती प्रस्तुत गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गोबिन्द देवकोटाले कर्मचारी अभावले दुई जिल्लाका योजनाहरुमा काम गर्न चुनौती भएको बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्रसिंह धामीको अध्यक्षतामा भएको बार्षिक समीक्षा गोष्ठीमा सबै कार्यालय, दोगडाकेदार र डिलाशैनी र पञ्चेश्वार गाउँपालिका बाहेक ७ वटै स्थानीय तहले प्रगती प्रतिवेदन प्रस्तुत गरेका छन् ।

जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठीमा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत तथा अन्य सरोकारावालाहरुको सहभागिता रहेको थियो ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.