असारमा धान काट्नमा ब्यस्त डोटीका कृषक

चैते धान खेतिबाट दोब्बर बढी उत्पादन

डोटी : डोटीमा गत बैशाखको सुरुमा रोपिएको चैतेधान भित्र्याउन सुरु गरिएको छ । केहिदिन देखिको लगातारको वर्षा रोकिए पश्चात किसान चैते धान काट्न ब्यस्त भएका छन । डोटीमा यान्त्रिक प्रविधीबाट पहिलोपटक चैते धान रोपाइँ सुरु गरिएको थियो ।

विज्ञान र प्रविधिको प्रयोग गरी कृषिको उत्पादन बढाउने र लागत घटाउने उदेश्यका साथ डोटिमा पहिलोपटक यान्त्रिक प्रविधिद्वारा चैतमा धानको रोपाई गरिएको हो। डोटीको शिखर नगरपालिका संगै दिपायल सिलगढी नगरपालिकाका केही क्षेत्रमा चैते धान पहिलोपटक लगाइएको थियो ।

कृषि ज्ञान केन्द्र डोटीको आयोजना, शिखर नगरपलिकाको सहजीकरण तथा धान सुपरजोन कंचनपुर र आर सी टि इन्जिनियरिंग वर्कशप झलारी कंचनपुरको प्राविधिक सहयोगमा पहिलो पटक डोटीमा चैते धान रोपाइमा मेसिनको प्रयोग परिक्षण तथा प्रदर्शन कार्यक्रम गत चैतमा गरिएको थियो ।

डोटीको शिखर नगरपालिका २ कालागाडमा यन्त्रमा आधुनिक तरिकाले राखिएको चैते धानको बिउलाइ एक कार्यक्रम बिच डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल र जिल्ला समन्वय समिति डोटिका प्रमुख लक्ष्मण बहादुर सिंह,कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थी लगाएतले पहिलोपटक आधुनिक यन्त्रबाट चैते धानको रोपाई उद्वघाटन गरेका थिए ।

डोटीमा पहिलो पटक चैते धान प्रवर्धन कार्यक्रम मार्फत गरिएको उक्त धान खेतीबाट सोचे भन्दा धेरै राम्रो उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख अवस्थीले बताए । उनले पहिलोपटक परिक्षण स्वरुप गरिएको चैते धान खेति बाट राम्रो प्रतिफल अएकाले आउँदा बर्ष यो कार्यक्रम डोटीका अन्य क्षेत्रमा समेत बिस्तार गरिने योजना रहेको बताए ।

पहिलोपटक गरिएको चैते धान खेति बाट दोब्बर बढी सम्म उत्पादन भएको साथै धान काटे लगत्तै अर्कोपटक समेत धान रोप्न सकिने भएकोले चैते धान खेती धेरै राम्रो लागेको किसानहरुले बताएका छन।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.