पाटन नगरपालिका-१ पोषणमैत्री वडा घोषणाका लागि छनोट

ललित बोहरा
बैतडी :बैतडीको पाटन नगरपालिकाले पोषणमैत्री वडा घोषणाका लागि वडा नम्बर १ लाई छनोट गरेको छ । नगरपालिकाको पोषण सल्लाहाकार समितिले वडा नम्बर १ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागि छनोट गरेको हो ।

सुनौला हजार दिनका महिला, किशोरी तथा महिलाहरुको पोषणको अवस्था सुधार लक्ष्यसहित नेपाल सरकारद्धारा बहुक्षत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ ।
सरकारले तोकेका ७६ वटा सूचकहरु पुरा गर्न अब यस वडामा विभिन्न कार्यक्रमहरु संचालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले बताए ।

स्थानीय तहमा पोषणको अवस्था सुधार गर्न अभियानमुलक गर्न बाञ्छनीय देखी संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयबाट विभिन्न बिषयगत मन्त्रालयको राय तथा परार्मस एवं राष्ट्रिय योजना आयोग नितीगत सहमतीपछि पोषणमैत्री स्थानीय तह कार्यान्वय निर्देशीका २०७९ स्वीकृत गरेपछि यो अभियान थालीएको छ । सो अनुसार पाटन नगरपालिकाले वडा हुदै पालिकालाई पोषणमैत्री बनाउन अभियानको थालनी गरेको नगर प्रमुख गौरीसिह रावलले बताए ।

पालिकाले पोषणमैत्री स्वास्थ्य संस्था निमार्ण अभियान यस अगाडी नै थालनी गरेकाले पोषणमैत्री वडा घोषणका लागि केही सूचकहरु पुरा गरेको नगर उपप्रमुख कमल सिह बोहराले बताए । संघिय सरकारले २०८७ साल सम्ममा देशका सबै स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य निर्धारण गरे अनुसार नगरपालिकाले तिब्ररुपमा आफ्ना क्रियाकलापहरु अगाडी बढाएको नगर उपप्रमुख बोहराले बताए ।

सरकारले पोषणमैत्री स्वास्थ्य संस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९’ समेत जारी गरेको छ। सो अनुसार वडा नम्बर १ का स्वास्थ्य संस्थाहरु पोषणमैत्री घोषणको अन्तीम चरणमा रहेको पाटन नगरपालिका पोषण सम्र्पक व्यक्ती बिरबहादुर खातीले बताए । पालिका अन्य स्वास्थ्य संस्थाहरु पनी पोषणमत्री घोषणाको तयारीमा छन् ।

स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, पशुपन्छी विकास, कृषि विकास र शासकिय प्रबन्ध गरी सात वटा विषयका ७६ वटा सूचकमा सन्तोषजनक नजिता देखिएपछि पोषणमैत्री वडा घोषणा गरिने बहुक्षेत्रीय पोषण कार्यक्रम सुदूरपश्चिम प्रदेशका संयोजक ज्ञानेन्द्र दवाडीले बताए । १नम्बर वडालाई पोषणमैत्री घोषणा गरिसकेपछि क्रमसः अन्य वडालाई पनि घोषणा गरिने बताइएको छ । विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहार सुहार, गर्भवती जाँच, हजार दिनका आमा र बच्चाको हेरचाहका साथै सरसफाई, शुद्ध खानेपानी, धुँवारहित चुलोको प्रयोग, करेसाबारी र अन्य निर्धारित सूचकहरु पोषण मैत्री वडाको अवधारणामा समेटिएको छ ।

पोषणमैत्री स्थानीय शासन अन्र्तगत पालिकास्तरिय एक दिने अभिमुखीकरण कार्यक्रम नगरपालिकाले शोमबार सम्पन्न गरेको छ ।
पालिका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई, योजना शाखाबाट कार्यक्रममा सहभागी थिए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.