डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले चालु आर्थिक बर्षको बित्तीय प्रगति सार्जजनिक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझाले एक सूचना जारी गर्दै बित्तिय प्रगति सार्वजनीक गरेका हुन् । चालु आर्थिक बर्ष २०८० ०८१ मा पूँजीगत खर्च ९६.३५ प्रतिशत र चालु खर्च ९४.६३ प्रतिशत प्रगति भएको सूचनामा उल्लेख छ ।
पूँजीगत खर्चतर्फ १० करोड ११ लाख ३१ हजार विनियोजन गरेकोमा ७ करोड ९४ लाख ८७ हजार ७ सय ७ रुपैयाँ खर्च भएको छ । भने चालु खर्चतर्फ ३५ करोड ७६लाख ७० हजार ३ सय विनियोजन गरेकोमा ३२ करोड १४ लाख ७२ हजार ९ सय ३९ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए ।
गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको सक्रिय सहभागितामा बित्तीय प्रगति राम्राे भएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन् ।