सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी गीता नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर

धनगढी :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पत्नी गीता सोडारीले नक्कली कागजपत्र पेश गरेर जागिर खाएको मुद्दामा दोषी ठहर भएकी छिन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको छ।

अख्तियारले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!