‘सेफ हाउस’ संचालनका लागि बैतडीका स्थानीय तहले २ लाख ५० हजार दिने

बैतडी : आपतकालिन महिला सुरक्षित आवास गृह संचालनका लागि बैतडीका १० वटै पालिकाले २ लाख ५० हजार दिने निर्णय गरेका छन् ।

सोमबार बसेको जिल्ला सभाको बैठकले आपतकालिन महिला सुरक्षित आवास गृह संचालनका लागि जिल्ला समन्वय समितिमा रहने राहत कोषमा तीन महिना भित्र प्रत्येक स्थानीय तहले २ लाख ५० हजार जम्मा गर्ने निर्णय गरेको हो ।

आपतकालिन महिला सुरक्षित आवास गृह संचालन समिति कार्यविधी २०८१ पारित गरेको छ । जसमा सेफ हाउस सञ्चालन, खर्च व्यवस्थापन, संचालन समिति र स्थानीय तहको जिम्मेवारी लगायतका बिषय उल्लेख छन् ।

बैतडीको पाटनमा सञ्चालन भएकाले सेफ हाउस पाटन नगरपालिको सञ्चालन गरिरहेकोले ९ स्थानीय तहले जिल्ला समन्वय समितिले संचालन गर्ने राहत कोषमा रकम जम्मा गर्ने छन् ।

बैतडीमा सेफ हाउस सञ्चालन आएमा सेवा ग्राहीको संख्याको आधारमा प्रति सेवा ग्राही दुई हजार समन्वय समितिले उपलब्ध गराउने छ । अहिले सेफ हावस पाटन नगरपालिका, सामाजीक विकास कार्यालय र विभिन्न गैर-सरकारी संस्थाहरुले पाटनमा संचालन गरिरहेको छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.