बैतडीमा २२ बर्षिया महिला जंगलमा मृत फेला, २१ गतेबाट थिइन् वेपता

ललित बाेहरा,बैतडी : बैतडीमा २२ बर्षिया एक महिला जंगलमा मृत फेला परेकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका-३ श्रीकोट की मानमती भट्ट अवस्थी सुनर्या गाउँपालिका-६  कालालबस्यामा मृत फेला गरेकी हुन् ।

स्थानीय कलालबस्याल भने सामुदायिक वनमा उनी झुण्डीएको अवस्थामा फेला परेकी हुन् ।

२१ गते भिनाजुको घर पाटन नगरपालिका-८ ज्याफुबाट वेपत्ता भएकी मानमतीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

उनी हराएकाे निवेदन प्रहरीमा असार २२ गते आएको थियाे । शनिबार रुखमा झुण्डीएको अवस्थामा स्थानीय गोठलाले शव देखेपछि प्रहरीलाई खबर गरेको हुन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विवाहित महिलाको श्रीमानसंग राम्रो सम्बन्ध नरहेको बुझाएको छ । उनकाे शव भिनाजुकाे घर ज्याफुबाट दुइ घण्टाकाे दुरीमा फेला परेकाे हाे ।  उनको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैन् । बैतडी वा अरु ठाउँबाट डाक्टर बोलाएर आईतबार पोष्टमार्टम हुने छ ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.