जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी परशुरामलाई, उपविजेता बन्यो अजयमेरु गाउँपालिका

ललित बोहरा,डडेल्धुरा : 

डडेल्धुराको अजयमेरु गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी परशुराम नगरपालिकोले जितेको छ। २३ स्वर्ण, ६ रजत, ७ कास्य हात पार्दे प्रतियोगिताको उपाधी बजेता बनेको हो।

sanke

अजयमेरु गाउँपालिकाले ११ स्वर्ण, १४ रजत, ७ कास्य प्राप्त गरि उपबिजेता भएको छ। ५ स्वर्ण, ५ रजत, ७ कास्य हात पार्दै तृतिय स्थान आलिताल गाउँपालिकाले हासिल गरेको हो ।

अमरगढी नगरपालिकाले ४ स्वर्ण १२ रजत, १४ कास्य प्राप्त गरेको छ। नवदुर्गा गाउँपालिकाले १ स्वर्ण १ रजत, ६ कास्य जितेको छ। गन्याधुरा गाउँपालिकाले १ रजत र ६कास्य प्राप्त गरेको छ ।
भागेश्वर गाउँपालिकाले ५ रजत, ३ कास्यसहित तालिकाको पुछारमा छ। प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, उसु लगायतका खेल समावेश गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए ।
तालिका

Leave A Reply

Your email address will not be published.