बैतडीस्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’ शुरु

बैतडी : २९ असार–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा शुरु भएको छ। दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको यो जात्रालाई स्थानीय भाषामा ‘अषाढी जात’ भनिन्छ।

हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा ‘अषाढी जात’लाग्ने स्थानीय राजेन्द्रसिंह थापाले जानकारी दिए। असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि आठौँ दिनमा जात्रा शुरु हुने र नवमीको दिनमा जात्रा सम्पन्न हुन्छ।

असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने चलन छ। नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडीगाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइन्छ।

असार शुक्ल नवमीको साँझ भण्डार घरमा पुर्‍याएपछि जात्रा समापन हुने गरेको थापाले बताए। ‘अषाढी जात’मा पनि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। त्रिपुरासुन्दरीको जात्रामा दर्शनका लागि भारतीय दर्शनार्थीसमेत पुग्छन्। भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट त्रिपुरासुन्दरीको दर्शनका लागि आउँछन्।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलिसहितको जात्रा हुन्छ। त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयले रणशैनी भगवती भनेर पुकार्छन्।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.