सुदूरपश्चिममा अत्यासलाग्दो विपदः ४६ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा प्राकृतिक विपत्तीबाट ठूलो संख्यामा मानवीय र आर्थिक क्षति पुगेको छ।

यस्तो विपत्तीबाट सबैभन्दा बढी महिलाको मृत्यु भएको छ भने घाइते हुनेमा पनि सबैभन्दा बढी महिला नै छन्। साथै प्राकृतिक विपदका कारण सुदूरपश्चिममा १२ करोड ७५ लाख ४२ हजार ७ सयको क्षति पुगेको अनुमान छ। सुदूरपश्चिममा ६ सय ३५ को संख्यामा विपदका घटना घटेका छन्।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार २९ गतेसम्म आगलागी, सर्पदंश, चट्याङ, हावाहुरी, बाढी, जनावर आंतक, पहिरो, भूकम्प, लेक लागेर, भारी वर्षा र जंगल आगलागी गरेर ६ सय ३५ घटना घटेका छन्। सो अवधिमा आगलागीका मात्र २ सय ६७ घटना घटेका छन्। आगलागीबाट ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको छ। १७ महिला र १२ पुरुष घाइते भएका छन्। तीन सय २ परिवार आगलागीबाट प्रभावित बन्न पुगेका छन्।

sanke

३० घर पूर्ण र ४४ घरमा आंशिक क्षति पुगेको छ। ७४ वटा गोठमा जलेर एक सय ५ पशुचौपायामा क्षति पुगेको छ। आगलागीबाट १२ करोड १० लाख ४२ हजार ७ सय मुल्य बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
त्यस्तै सर्पदंशका २८ घटना घटेका छन्। सुदूरपश्चिममा सर्पले डसेर ५ महिला र ३ पुरुष गरेर ८ जनाको मृत्यु भएको छ। चट्याङका १८ घटना घटेका छन्। ती घटनाबाट चार पुरुष र चार महिला गरी ८ जनाको मृत्यु भएको छ।

६ महिला र ३ पुरुष घाइते भएका छन्। यसबाट १८ परिवार प्रभावित बन्न पुगेका छन्। त्यस्तै सुदूरपश्चिममा हावाहुरीका ५४ घटना घटेका छन्। ती घटनामा ५ पुरुष र २ महिला गरी ७ जनाको मृत्यु भएको छ। हावाहुरीबाट ३९ महिला र १७ पुरुष गरी ५६ जना घाइते भएका छन्। यसबाट ८१ परिवार प्रभावित बन्न पुगेका छन्। त्यस्तै बाढीका ३६ घटना घटेका छन्। ती घटनामा २ पुरुष र २ महिला गरी ४ जनाको मृत्यु भएको छ।

पहिरोका ६२ घटना घटेका छन्। ती घटनामा एक महिला र एक पुरुष गरी २ जनाको मृत्यु भएको छ। सुदूरपश्चिमा भूकम्पका ५४ घटना घटेका छन्। भूकम्पबाट एक महिलाको मृत्यु नै भएको छ। १७ महिला र १२ पुरुष घाइते हुन पुगेका छन्। त्यस्तै जनावर आंतकका ४९ घटना घटेका छन्। ती घटनाबाट २ पुरुष र २ महिलाको मृत्यु भएको छ। २५ महिला र २२ पुरुष गरी ४७ जना घाइते भएका छन्। त्यस्ते लेक लागेर एक जनाको मृत्यु भएको छ।

भारी वर्षाका ५४ घटना घटेका छन भने जंगल आगलागीका २९ घटना घटेका छन्। यस्ता विपदका घटनाबाट चार हजार ५४५ परिवार प्रभावित बन्न पुगेका छन्। विपदका घटनाबाट सुदूरपश्चिममा १४४ भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने ८२१ संरचनामा आंशिक क्षति पुगेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) को घटना विवरणमा उल्लेख छ। यसका साथै किसानका ४५४ पशुचौपायामा समेत क्षति पुगेको पाइएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!