बैतडी : समाजसेवी बिनोद भट्टराईले टुहुरा बालबालिकालाई बिद्यालय पोसाक र शैक्षिक सामग्री सहयोग गरेका छन् । बैतडीको पाटन नगरपालिका- १ बस्ने समाजसेवी भट्टराईले सो ठाउँको भुवनेश्वर आधारभूत बिध्यालय लदौलीमा अध्यनरत टुहुराबालबालिकालाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको प्रधानाध्यापक गगन सिह भण्डारीले बताए ।
सोनापुर सिमेन्ट कम्पनीमा कार्यरत भट्टराईले विगत लामो समयदेखि समाज सेवा
गर्दै आएका छन् । समाजसेवी भट्टराईले कोरोना संक्रमणको समयमा पनि विपन्न परिवारलाई राहत सहयोग गरेका थिए भने पाटन नगरपालिका १ का मिर्गौला पीडित तर्क राज भट्टराईको उपचारका लागि आर्थिक सहयोग गरेका थिए । तर उपचाको क्रममा उनको मृत्यु भएको थियो। उनकै दुई छोरीलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेका हुन् । भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पन्त एक कार्यक्रमका बीचबिद्यार्थीहरुलाई समाग्री हस्तातरण गरेका छन् ।