बैतडी : बैतडीको पाटनमा अलपकालिन सुरक्षीत आवास गृहको आफ्नौ भवन निमार्ण गरिएको छ । संघिय सरकारको सहयोगमा पाटन नगरपालिका मार्फत चालु आर्थिक बर्ष निमार्ण सम्पन्न भएको हो । सुरक्षीत आवास गृहका लागि केन्द्र सरकारले ८० लाख रकम विनियोजन गरिएकोमा निमार्ण कम्पनीले ५२ लाखमा निमार्ण गरेको हो ।
टेण्डर प्रक्रियामा मार्फत धर्मदेव निमार्ण सेवा पाटन नगरपालिका-१ ले जेठ महिनामै निमार्ण सम्पन्न गरेको निमार्ण व्यवसायी दिनेश लामीछानेले बताए ।
शोमबार धर्मदेव निमार्ण सेवाले भवनको विधिवत पुजा गरेर पाटन नगरपालिकालाई हस्तातरण गरेको नगर उपप्रमुख कमल सिह बोहराले बताए ।
अलपकालिन सुरक्षीत आवास गृहको आफ्नौ भवन नहुदाँ भाडाको घरबाट सेवा दिइरहेको थियो । अलपकालिन सुरक्षीत आवास भवन निमार्ण भएपनि सेवा ग्राही बढ्दै गरेपछि संचालन गर्ने समस्या हुने गरेको जनाएको छ ।