डडेल्धुराः डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
मृत चितुवाको पोर्टमाटम गरेर जिल्ला वन परिषरमा खाल्डोमा गाडीएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख सुरेश चन्द्र डिसीले बताए ।
उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए। उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बई र २ फिट ३ इन्च उचाई रहेको छ।