अस्ताए साहु खर्कका खिर बाजे

डडेल्धुरा:

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ साहुखर्क बस्ने शेरबहादुर देउवा खिर बाजे निधन भएको छ । नेपालमा चर्चीत खिर बाजे देउवाको शोमबार राती निधन भएको उनका परिवारका सदस्यले बताए । लामो समय डडेल्धुराको साहुखर्कमा खिर पसल सञ्चालन गर्दै आएका देउवा ७२ बर्षको उमेरमा अस्ताएका हुन् ।

२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन्। उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन्।

उनको निधनप्रति गन्यापधुरा गाउँपालिका गणेशपुर डडेल्धुराले समवेदना प्रकट गरेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!