जन्मदिनको अवसरमा प्रमुख प्रशासकीय अधिकृत रोकाद्वारा बिरामीलाई फलफूल वितरण

बैतडी :

बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले आफ्नो जन्मदिनको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गरेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भएका प्रमुख प्रशासकीय अधिकृत रोकाले बुधबार डडेल्धुरा अस्पतालमा  उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।

जन्मदिनको अवसरमा पारेर अस्पतालमा उपचार गराइरहेका ५५ जना बिरामीहरुलाई फलफूल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रोकाले बताए । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बिरामीहरुलाई फलफूल वितरण राम्रो कार्य भएकाले आफूले फलफूल वितरण गरेको उनले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.