डडेल्धुरा: डडेल्धुराकाे अमरगढी नगरपालिका–५ खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक–विद्यार्थीले ६२औं इन्जिनियरिङ दिवस मनाएका छन्।
दिवसको अवसरमा विद्यालयका प्राविधिक धार (सिभिल इन्जिनियरिङ) तर्फका शिक्षक र विद्यार्थीले विभिन्न क्षेत्रमा सरसफाइ गरेका छन्।
उनीहरूले विद्यालयका साथै तुफानडाँडादेखि कालिका थान हुँदै अमरगढी किल्ला परिसर क्षेत्रमा सरसफाइ गरेका छन्। विद्यार्थीलाई सानै उमेरदेखि सरसफाइप्रति सचेत गराउन उनीहरूकै सहभागितामा सरसफाइ कार्यक्रम गरिएको शिक्षक इ.गोविन्द्र भट्टले जानकारी दिए।
सरसफाइप्रति विद्यार्थी र उनीहरूमार्फत् अभिभावकमा पनि सचेतना बढ्ने उनले बतए। सरसफाइ कार्यक्रमले विद्यालयको वातावरण सफा हुनुका साथै समुदायमा समेत सकारात्मक सन्देश जाने अर्का शिक्षक प्रमोद मल्लले बताए।