कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते

धनगढीः कैलालीमा बस र टिप्पर टोक्किदा दुर्घटना भएको छ।  कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर बिहीवार दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उक्त बसमा सवार ६ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते हुनेमा बस चालक बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको प्रहरीले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!