बैतडी पञ्चेश्वरकी एक बालिका महाकाली किनारबाट बेपत्ता

बैतडी : बैतडीकी एक बालिका महाकाली किनारबाट बेपत्ता भएकी छन् । पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबार दिउँसो साढे २ बजेदेखी बेपत्ता भएकी हुन् ।

बाख्रा चराउन गएकी ममता बिहीबार देखी बेपत्ता भएपनि आफन्तले शुक्रबार बिहान मात्रै खोजी कार्यका लागि प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

घरपरिवार र स्थानीयहरुले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि प्रहरी निरीक्षक केसीले बताए । बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानसहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.