बैतडी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डडेल्धुराको दोस्रो पुर्ण बैठक सम्पन्न गरिएको छ ।
चन्द्र ऐरको अध्यक्षतामा बसेको बैठकले जिल्ला सम्मेलन तयारी गर्ने निर्णय गरेको छ । भने स्थानीय तहका सम्मेलन तथा क्याम्पस इकाइ गठन गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न बैठकले पाँच सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको उपाध्यक्ष तारा दत्त भट्टले बताए।
केन्द्रिय उपमहासचिव भिम भट्ट, सचिव लाल पाण्डेय सुदुरपश्चिम प्रदेश अध्यक्ष दिपक डिसी लगायतका बिद्यार्थी नेताहरु बैठकमा सहभागी थिए ।