गन्यापधुरामा जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट राहत तथा उद्धारकोष स्थापना

डडेल्धुरा:  डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट राहत तथा उद्धारकोष स्थापना गरिकाे छ ।

विपदका कारण हुन सक्ने सँम्भावित क्षतिमा राहत तथा उद्धार गर्न जनप्रतिनिधि र कर्मचारीको मासिक पारिश्रमीकबाट कट्टी गर्ने गरी कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलीपकुमार तामाङले शुक्रबार कार्यपालिकाले गरेको निर्णय अनुसार उक्त कोषमा गाउँपालिका अध्यक्षसहित उपाध्यक्ष र वडा अध्यक्षको सात दिन, कार्यपालिका सदस्य र वडा सदस्यको दुइ दिन, अधिकृत स्तर कर्मचारीको तीन दिन, सहायक स्तर कर्मचारीको दूई दिन र शिक्षक कर्मचारीको एक दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

जनप्रतिनिधि र कर्मचारी गरि ३ सय ५० बढीले राहत तथा उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो।

यस अघि कोरोना भाइरसबाट समस्यामा परेका नागरिकका लागि पनि राहत तथा उद्धारकोष स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।

उक्त पालिकामा २०७८ सालको असोज अन्तिम सातादेखि आएको बेमाैसमी बर्षाका कारण दुईजनाको मृत्यु हुनुका साथै खेत तथा घरहरु समेत क्षतिभएको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.