लबदेव अवस्थी, बैतडी :
पाटन बहुमुखी क्याम्पस बैतडीमा गुरु पुर्णिमा अवसरको शुभकामना आदान(प्रदान कार्यक्रम आयोजना गरेको छ । बिद्यार्थीले शिक्षकलाई सम्मान गर्दै शुभकामना आदान प्रदान गरिएको आयोजक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष भागरथी भट्टले बताइन् ।
गुरुपुर्णिमाले विद्यार्थी र शिक्षकबिचको सम्बन्ध गहन बनाउने तथा आफुहरूले गुणस्तरिय शिक्षा र विद्यार्थीको भविष्य उज्वल बनाउन थप उर्जा मिल्ने निवर्तमान क्याम्पस प्रमुख उत्तम भण्डारीले बताए । शुभकामना प्रदान गर्दै बिद्यार्थीहरुले देशको दक्ष जनशक्ति निर्माणमा शिक्षक गुरुवर्गहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।