बैतडीमा सेनाको हेलिकप्टर बाट सुत्केरीको उद्दार

बैतडी:

बैतडीबाट एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका – १ की २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए ।

सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएका कारण मंगलबार हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उनले बताए ।

दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र ब्लड बैंक नहुँदा अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डोबालले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दमयन्तीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पातलमा लगिएको हो । समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.