पुष्पलाल स्मृति दिवसको अवसरमा पाटन बैतडीमा वृक्षारोपण

बैतडी : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । ४६ औँ स्मृति दिवसको अवसरमा बैतडीको पाटन नगरपालिका-६ मा पर्ने उदयदेव मन्दीर परिसरमा वृक्षारोपण गरिएको छ ।

नेकपा एमाले निकट खेलकुद महासंघ जिल्ला कमिटि बैतडीको आयोजनामा वृक्षारोपण गरिएको सचिव किरन चन्दले बताए । जनप्रतिनिधी, नेता र खेलाडीहरुले ३ सय बढी बिरुवा रोपण गरेको पाटन नगरपालिका वडा नम्बर १० का निर्वतमान वडा अध्यक्ष तथा नेकपा एमाले पाटन नगरकमिटि इन्चार्ज देवेन्द्र कुवँरले बताए ।

विभिन्न जातका बोट बिरुवा रोपणले मन्दिर परिसर संरक्षरमा समेत सहयोग पुग्ने शिद्धनाथ उदयदेव मन्दीर समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले बताए ।

वृक्षारोपणपछि आयोजीत कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य धर्मान्द भट्टले नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको बिषयमा चर्चा गरेका थिए ।

नेपालमा कम्युनिस्ट विचार फैलाएर कम्युनिस्ट पार्टी स्थापना गर्ने पहिलो व्यक्ति पुष्पलालबाट यति वेला नेपालका कम्युनिस्ट पार्टी तथा वामपन्थीले पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाई समाजवादी क्रान्ति सम्पन्न गरी नेपालमा समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक युगीन अभिभारा आइलागेको छ ।

जहानियाँ राणा शासनले आफ्ना दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालमा राणा शाहीविरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भयो  ।

अत्याचारी, सामन्ती राणा शासन अन्त्य गर्नुपर्छ भन्ने भावनाका साथ राजनीति सुरुवात गर्ने क्रममा पुष्पलाल सुरुमा नेपाली कांग्रेसका सचिव पदमा रहेर काम गरे । तर, क्रान्तिकारी स्पिरिटअनुसार कांग्रेसले राणाविरुद्ध संघर्ष गर्न सक्तैन भन्ने निष्कर्ष निकालेर पुष्पलाल कांग्रे्रेसबाट अलग भए । र, राणा शासन फालेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने दृढ अठोटसाथ माक्र्सवादको अध्ययन गर्दै उनले पहिलोपटक भूमिकासहित कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर प्रकाशन गरे ।

देशभित्र राणा शासनको दबदबा भएका कारण भारतको कलकत्तामा गएर वि।सं। २००६ वैशाख १० मा पुष्पलालले आफूसहित निरन्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे ।

पुष्पलालको अगुवाइमा सुरुवात भएको सामन्तवाद एवं साम्राज्यवादविरोधी ५७ वर्ष लामो आन्दोलनको परिणामस्वरूप ०६३ मा मुलुकमा गणतन्त्र स्थापना गर्न सम्भव भयो । पुष्पलाल नेपालमा मार्क्सवादी विचार फैलाउने पहिलो व्यक्तित्व थिए  । पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदान विशिष्ट रहेको छ । पुष्पलालका योगदान निम्नअनुसार रहेका छन् ।

नेपालका कम्युनिस्ट पार्टी तथा वामपन्थीले पुष्पलालबाट पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाई समाजवादी क्रान्ति सम्पन्न गरी नेपालमा समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक युगीन अभिभारा आइलागेको छ

पुष्पलालले नै पहिलोपटक विसं २००५ मा कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर माक्र्सवादी विचार फैलाउने काम गरेका थिए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.