बैतडीबाट महेन्द्रनगर गइरहेकाे बसको ढोकाबाट खसेर महिला घाइते

डडेल्धुरा : बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन्।

भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन्।

आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको अहिले माया मेट्रो अस्पतालमा उपचार जारी छ। बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!