बझाङको वित्थडचिरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग ६ घण्टादेखि अवरुद्ध

बझाङ  : पहिरो खस्दा बझाङको वित्थडचिरमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । वित्थडचिर गाउँपालिका-४ बल्लेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

बिहान सात बजेतिर सडक माथिबाट पहिरो खसेपछि आवतजावत ठप्प भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका अलपत्र परेका छन् ।

घटनास्थल सदरमुकाम चैनपुरबाट ७५ किलोमिटर टाढा रहेको छ । राजमार्ग सुचारु गर्ने काम सुरु भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताएका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.