डडेल्धुरा : डडेल्धुराको पोखरा बजारबाट फरार अभियुक्त पक्राउ परेको छन् । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र रु ५०००।( जरिवाना तोकिएका फरार अभियुक्त प्रक्राउ परेका हुन् ।
जिल्लाको अमरगढी नगरपालिका-६ भालुमारे बस्ने बर्ष ४६ का भिम प्रशाद भट्टराईलाई जिल्ला प्रहरी
कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । उनलाई कारवाही प्रक्रिया अगाडी बढेको प्रहरीले जनाएको छ ।
यस्तै अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका डडेल्धुराको अमरगढी नगरपालिका–३ का ४९ वर्षीय छपि पल्ले पक्राउ परेका हुन्। पल्लेलाई ४ दिन कैद, १० हजार जरिवाना र ५ हजार क्षतिपुर्ति ताकेपछि २०८१ जेठ १ गतेदेखि उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनको घरबाट मंगलवार साँझ नियन्त्रणमा लिएको जनाएको छ।