बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर २२ बर्षीय महिलाको मृत्यु

बैतडी : बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर २२ बर्षीय महिलाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका-६ खरेली गाउँ बस्ने केशव नाथकी श्रीमती बर्ष २२ की अनिता नाथको मृत्यु भएको हो ।

घरदेखि १ किलोमिटर पश्चिम डोबरा स्थित खर फागलामा घाँस काट्ने क्रममा भीरबाट ३०० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, पाटन बैतडीका प्रमुख राजेन्द्र साँउदको कमाण्डमा प्रहरीटोली खटिई घटनास्थल कार्य पुरा गरि लास पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाईएको बैतडी प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.