बैतडीमा आधा किलो चरेससहित विब्यस अध्यक्ष पक्राउ

 

बैतडी:

बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपाल सिंह बिष्ट आधा किलो चरेश सहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक, राजेन्द्र सिंह साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३को बनारसी धाम नजिकैबाट बिष्टलाई ५ सय१२ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीप्रका प्रबक्ता, प्रहरी निरिक्षक बलराम पाण्डेयले जानकारी दिए ।
विषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पाटनको टोलीले बिहिबार अप्रान्ह ४ बजेको समयमा बिष्टलाई पक्राउ गरेको हो । उनी pakगुजर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन्।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.