बैतडी : बैतडीको पाटन नगरपालिका–८ खोड्पे बजारको सडक क्षेत्रमा बनेका खोकाछाप्रासहितका संरचना हटाउन व्यावसायी सकरात्मक देखिएका छन् । शनिबार खोड्पे बजारलाई व्यवस्थीत तथा सडक फराकिलो र स्तरोन्नती गर्नेका लागि भएको छलफलमा घरधनी र व्यवसायीहरु सकरात्मक देखिएका हुन् ।
छलफलका सहभागिहरुले बजारलाई व्यवस्थीत बनाउनको लागि, खोका छाप्रा व्यवस्थापन गर्नुपर्ने, सडकको नाली निर्माण गर्नुपर्ने, विद्युत लाईन व्यवस्थीत हुनु पर्ने विषयमा जोड दिएको छलफलमा सहभागी स्थानीय युवा व्यवसायी धनसिह भण्डारीले बताए ।
सडकको एक मिटरभित्रै निर्माण गरिएका खोकाछाप्रा तथा संरचनाहरु हटाउनुपर्ने विषयमामा अधिकांश व्यावसायीहरुले सहमती जनाएकाे उनले बताए । खोका छाप्रा हटाउने र सडक छेउबाट एक मिटरमा निर्माण गरिएका संरचना हटाउने विषयमा अध्यायन गर्न एक समिति पनि गठन गरेको छ ।
यस समितिले खोकाछाप्राहरु सडक क्षेत्रमा कती पर्छ र घरलगायतका संरचनाहरु कती पर्छ भने बिषयमा आवश्यक राय प्रस्तुत गरेपछि बजार व्यवस्थापन समितिको अर्को बैठक बस्ने वडा अध्यक्ष हरिष बिष्टले बताए । वडा कार्यालयको पहलमा बजार व्यवस्थापसहित लगायतले आयोजनामा छलफल बृहत भएकाले निर्णय गरी सडक डिभिजन कार्यालय पाटनलाई पठाउने अध्यक्ष बिष्टले बताए । बजार क्षेत्रमा नाली निर्माण र विद्युतको लाईनलाई बजार क्षेत्रभरी केबल तार राखेर थप व्यवस्थीत गर्नुपर्ने बिषयमा जोडदार छलफल भएको उनको भनाई छ ।
बजारलाई थप व्यवस्थीत बनाउनका लागि सबै व्यावसायी र घरधनीले आवश्यक सहयोग गनुपर्ने बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्टले बताए ।