बैतडी:
बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशाुसकीय अधिकृत उपसचिव अर्जुन शर्मा हाजिर भएका छन् । संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई पाटन नगरपालिकामा खटाएको थियो ।
उपसचिव ओमप्रशाद पाण्डे सरुवा भएपछि करिब डेढ महिनापछि पाटन नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएको हो । प्रमुख प्रशासकिय अधिकृत नहुदाँ पाटन नगरपालिको आर्थिक कारोवार ठप्प थियो ।
सामाजीक सुरक्षा भत्ता, निमार्ण सम्पन्न योजनाको भुक्तानी लगायतको आर्थिक कारोवार अब सुचारु हुने नगरपालिकाले जनाएको छ ।