प्रहरीले रोक्दा रोक्दै महाकालीमा हाम फालेकी किशोरी बेपत्ता

डोटी : दार्चुलाकी एक किशोरीले महाकाली नदीमा हाम फालेकी छिन् ।

महाकाली नगरपालिका ४ रिङ्नेताल भन्ने ठाउँबाट शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका ४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवर नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवं प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् । प्रहरीले लगत्तै खोजी कार्य सुरु गरे पनि उनी फेला परेकी छैनन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.