धनगढीः कञ्चनपुरमा जुवा खेल्ने र खेलाउने समुह जताजतै फेला पर्न थालेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा जुवा खेल्ने र खेलाउने गरेर एक सय ८८ जनालाई जुवाखालबाटै पक्राउ गरेको छ। ती जुवाडेबाट झण्डै १३ लाख रुपैयाँ समेत जफत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार एक वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ स ८८ जुवाडे पक्राउ परेका छन्।
उनीहरुको साथबाट १२ लाख ९६ हजार ३९७ रुपैयाँ बरामद गरिएको उनले बताए। १८ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ। जुवातास खेल्ने खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।