बैतडी : बैतडीका कृषकहरुलाई कृषि उपज उत्पादनदेखी बजारिकरणसम्म सामाजिक चेतना तथा बिकास संघ (साडा) नेपालले सहयोग गरिरहेको छ । जिल्लाको सिगास र सुर्नया गाउँपालिकाका कृषकलाई कृषि उपज उत्पादन र बजारिकरणमा आर्थिक तथा प्राविधिक सहयोग तथा समन्वय गरिरहेको हो ।
दिगो आम्दानी मार्फत महिला उधमिहरुको आर्थिक शसक्तिकरण परियोजना (EWESI) अन्र्तगत सिगास गाउँपालिकाकाको वडा नम्बर १, २, ९ र सुर्नया गाउँपालिका वडा नम्बर ६, ७ र ८ मा व्यवसायिक कृषि उत्पादन गर्न उत्प्रेरणा दिइरहेको छ ।
दातृनिकाय वमेनस बैंक र एफसिए नेपालको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा बिकास संघ (साडा) नेपालले बिशेष गरेर महिला तथा पिछडीएका लक्षीत वर्गहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर जिविकोपार्जनतर्फ आर्कषण बढाउन थालिएको हो ।
यहाँका दुई स्थानीय तहका कृषि समूहरुले उत्पादन गरेको तरकारी विक्रि वितरणमा समेत सहयोग गरिरहेको परियोजनाका जिल्ला संयोजक भुपाल बोहराले बताए ।
साडाले स्थानीय व्यपारीसंग कृषकको स्थानीय उत्पादीतलाई खरिद गर्ने गरी सम्झैता गरेको संयोजक बोहराले बताए। कृषक र स्थानीय व्यपारीको समन्वय नहुँदा बाहिरी व्यपारी हावी भएर कृषकले उत्पादीत बस्तुको मुल्य नपाउने बाध्यता थियो ।
‘हामीले यो सुरुवात गरेका छौँ। स्थानीय बजारमा स्थानीय व्यपारीलाई नै त्यहाँको रैथाने वा अरु कृषि उत्पादन खरिदका लागि सम्झैता गरेका छौँ।’ संयोजक बोहराले भने, ‘अहिले कृषक अहिले बढी मुल्य खोज्ने तथा व्यपारीले पनि आफुलाई रेट मन नपरे अरु ठाउँ जाने कम भएको छ। स्थानीय उत्पादन व्यपारीले अनिर्वाय खरिद गर्नु पर्नु सम्झैतामा उल्लेख छ ।’
शोमबारको स्थानिय उत्पादन वस्तुको बजारिकरणका लागि सरोकारवालाहरुसंग समन्वयात्मक बैठकमा उदेश्य परियोजनाको हालसम्मको उपलब्धि प्रस्तुतिकरण, परियोजनाले अब सञ्चालन गर्ने क्रियाकलाप, स्थानिय उत्पादित वस्तुको बजारिकरणका लागि सरोकारवाला निकायसंग समन्वय साझेदारी विस्तार एवंम सुदृढीकरण गर्नु, कृषिजन्य उत्पादनमा समस्या, चुनौती र अपेक्षा, सरोकारवाला निकायको योजना, भुमिका र प्रतिबध्ता बारे सामुहिक छलफल गरी योजना निर्माण गरिहेको छ । जनप्रतिनिधी, समुहका अध्यक्ष, सहकारीका प्रतिनिधी, एग्रोभेट संचालक, कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखा, उधम विकास शाखाका प्रतिनधी र कृषक, व्यपारीहरुको सहभागीतामा बृहत छलफल समेत गरिएको छ ।
साडा नेपालले एक बर्षमा गरेको क्रियाकलापहरु समेत सार्वजनीक गरेको छ । करिब एक बर्षमा कार्य क्षेत्र सिगास र सुर्नया गाउँपालिकाका २० वटा समुहमा व्यवसायिक योजना निमार्ण सम्बन्धि तालिम प्रदान, २० समुहलाई सिपविकास तालिम, ७४ जनालाई व्यवसायिक लसुन र व्याज खेतिमा सहयोग, १ सय ३६ जनालाई व्यवसायिक आलु खेतीमा सहयोग, ४० जना किसानलाई बेमौसमि तरकारिका लागि प्लास्टिक टनेल सहयोग, २० जनालाई बन्दा खेतीमा सहयोग, ६९ जनालाई अदुवा खेतीमा सहयोग गरेको साडा नेपालका कृषि प्रविधिक दिपेश सिह धामीले बताए ।
१६ जनालाई व्यवसायिक शिप विकास तालिम जसमा सिलाई कटाई १० जना महिला र ४ जना महिला सवारी चालक तालिम र २ जनाले व्यटिपालरको तालिम लिएका छन् । संस्थाले १६ एकल महिला, भुमीहिन दलितलाई २० हजार बराबारको बाख्रा वितरण गरेको जनाएको छ ।
दुई जनवायुमैत्रि कृषक पाठशाला सञ्चालन, ६ फार्म र ६ समुह दर्तामा सहयोग, २० समुहमा पारिवारिक संवाद कार्यक्रम र २० समुहमा रिफ्लेक्ट सञ्चालन गरेको परियोजनका बैतडी जिल्ला संयोजक बोहराले बताए ।
कृषि ज्ञान केन्द्र र कृषि विकास शाखाहरुले समेत सिगास र सुर्नया गाउँपालिकाकामा गत आर्थिक बर्ष संचालन गरेका योजना तथा कार्यक्रमका बारे जानकारी गएका थिए । सहभागी वडा अध्यक्षहरुले साडाले गरिरहेको काममा स्थानीय तहले साथ दिइरहेको र थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले आगामी दिनमा कार्य क्षेत्र बढाइदिन समेत साडा नेपाललाई अनुरोध गरेका छन् ।