पाटन,सकार-कैलपाल जोड्ने मोटेरेबल पुल निर्माण तिब्र

बैतडी : बैतडीको पाटन नगरपालिका-६ मा पर्ने पाटन-सकार – कैलपाल जोड्ने मोटेरेबल पुल निर्माण तिब्र भइरहेको छ । जिल्लाको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नयागाडको त्रिपुरेश्वरमाा निर्माणधीन मोटरेबल पुल निर्माणले गती दिएको हो।

१२ बर्षदेखी निमार्णधिन पुल यस बर्ष सम्पन्न हुन लागेको हो । पुल ढलानको कार्य तिब्र भइरहेकोले ७ भित्र दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधि तथा सुदूरपश्चिम निर्माण व्यवसायी संघका उपाध्यक्ष मदन मोहन बिष्टले बताए।

उनले भने, कुनै दैविक प्रकोप नभए ७ दिन भित्र काम सक्ने गरी काम भइरहेको छ, सरकारले अन्य निर्माण सम्पन्न भएका ठेक्काको भुक्तानी नदिएकाले समस्या भइरहेको छ, तर जसरी पनि यो काम सकिन्छ ।

शोमबार बिहान ६ बजेबाट नै ढलानको कार्य सुरु भएको सडक डिभिजन कार्यालय पाटनले जनाएको छ । बाढी पहिरोको जोखिमलाई ठेकेदार काम्पनीले केही हदसम्म न्युनिकारण गरेकाले काम सम्पन्न हुने देखिएको छ ।

बौडर लाईनहरुमा अहिले ढलान भइरहेको र माथीको सिल्यापमा ढलान अब हुने सडक डिभिजन कार्यालय बैतडीका इन्जीनियर लिलाधर भट्टले बताए । उनले भने, ‘अहिले सडक डिभिजनको निगरानिमै काम भइरहेको छ, बौडरलाईन अलि टाईम लाग्ने र बढी समय पानी खर्च हुने भएकाले त्यही काम हुँदै छ , त्यसपछि सिल्यापको ढलान त सजिलो नै हो ।’

ढलान सकिएपछि केही वाल निर्माणको काम सुरु हुने सडक डिभिजन कार्यालयको भनाई छ ।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूरा भएको छैन। निर्माण व्यवसायीलगायत अन्य प्राविधिक कारणहरुले ढिलाई भएको स्वीकार गर्दै सडक डिभिजन बैतडीले गत आर्थिक वर्षको असारभित्र पुल निर्माणले पूर्णता पाउने दाबी गरे पनि काम भने हुन सकेन।

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घन्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ। सडक सञ्जाल विस्तार भए पनि पुल नभएकै कारण आफूहरुले गाडी चढ्न नपाएको स्थानीयको भनाई छ । अहिले सुनर्यागाडसम्म मात्र गाडी सञ्चालनमा छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.