बैतडी : बैतडीकाे सुर्नया गाउँपालिका-६ मा पर्ने मुसे र मोतीनगर गाउँका कृषकले लगाएको तरकारी खेती तथा समुहगत कार्यकाे अवलोकन तथा अनुमगन गरिएको छ ।
वमेनस बैंक र एफ.सिए नेपाल दातृनिकायको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा बिकास संघ (साडा) नेपालले संचालन गरेका कार्यक्रमको जनप्रतिनिधीसहितका सरोकारवालाहरुले अनुगमन गरेका हुन् ।
यहाँका महिला, दलित, अपांगता भएका व्यक्ति तथा पिछडीएका लक्षीत वर्गहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर कृषि खेतीमार्फत जिविकोपार्जनतर्फ आर्कषण बढाउन थालिएको छन् ।
शक्ति सिगास कृषि महिला उद्यमी समूह मुसेले तरकारी खेती देखी घरबारी व्यवस्थापन, घरवरपर सरसफाई, च्याङ जुठ्यान निर्माण तथा समूहमा परिवारिक संम्वाद, हिंसाजन्य क्रियाकलापहरुका बिषयमा छलफल गर्ने गरेका छन् ।
मोतीनगरमा निर्माण गरिएको जलवायुमैत्री कृषि पाठशालामा कृषिकहरु रोग किरा देखि नविन प्रविधिसम्म सिक्ने गरेका छन् । दुई समुहका ४८ जना महिला कृषकले यो पाठशालाबाट खेती गर्ने परम्परागत शैलीलाई नै परिर्वतन गरेको शक्ति सिगास कृषि महिला उद्यमी समूह मुसेका सदस्य कमला विष्टले बताइन् ।
तरकारी खेती र जलवायु मैत्री कृषिका लागि भएका पहल लगायतका समूगतका छलफलकाे सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु महरा बोहराले प्रसंशा गरिन् । उनले गाउँपालिकाले समेत अगामी दिनमा कृषक समूहहरुलाई सहयोग गर्ने बताइन् ।
मुसेका कृषकले आफ्नो गाउँमा बेमौसमी तरकारी खेतीका लागि मात्र नभइ पिउनेपानीको समेत चरम समस्या भएको कृषक केशब चन्दले बताए । मुहान भएपनि मर्मत गर्नु परेकाले खानेपानिकाे समस्या बढ्रदै गएकाे बताए ।
उपाध्यक्ष बोहराले साझाँ समस्या लिएर आए खानेपानीका लागि पहल गर्ने बताए । उनले भने, ‘व्यक्ती-ब्यक्तीका योजना आउछन, यस्तोमा बजेट विनियोजन गर्ने सकिदैन् समूहको साँझा समस्या ल्याउस सहयोग गर्छौम्य, यस्ता राम्रो तरकारी खेती हुन ठाउँमा बजेट विनीयोजन हुन्छ।’
कृषकहरुलाई कृषि उपज उत्पादनदेखी बजारिकरणसम्म सामाजिक चेतना तथा बिकास संघ (साडा) नेपालले सहयोग गरिरहेको छ । जिल्लाको सिगास र सुर्नया गाउँपालिकाका कृषकलाई कृषि उपज उत्पादन र बजारिकरणमा आर्थिक तथा प्राविधिक सहयोग र समन्वय गरिरहेको हो ।
दिगो आम्दानी मार्फत महिला उधमिहरुको आर्थिक शसक्तिकरण परियोजना(EWESI)अन्र्तगत सिगास गाउँपालिकाकाको वडा नम्बर १, २, ९ र सुर्नया गाउँपालिका वडा नम्बर ६, ७ र ८ मा व्यवसायिक कृषि उत्पादन गर्न प्राविधिक ज्ञान शिपसहित उत्प्रेरणा दिइरहेको छ ।
यहाँका दुई स्थानीय तहका कृषि समूहरुले उत्पादन गरेको तरकारी विक्रि वितरणमा समेत सहयोग गरिरहेको परियोजनाका जिल्ला कार्यक्रम संयोजक भुपाल बोहराले दाबी गरे।साडाले स्थानीय व्यपारीसंग कृषकको स्थानीय उत्पादीतलाई खरिद गर्ने गरी सम्झैता गरेको संयोजक बोहराले बताए।
मंगलबारको स्थलगत अनुगमनमा उपाध्यक्ष बोहरा, सुर्नया गाउँपालिका कृषि शाखा र उद्यम विकास शाखा प्रमुख, साडा नेपालका कार्यसमिति सदस्य, पत्रकार लगायतका सरोकारवाला निकायको सहागीता रहेको थियो ।
४ जना महिलालाई सवारी चालक तालिम
बैतडीको सुर्नया र सिगास गाउँपालिका चार महिललाई सवारी चालक तालिम दिएको छ । डडेल्धुराको रहेको एक तालिम केन्द्रमा तालिम दिएका चार महिला मध्ये तीन जनाले सवारी चालक अनुमती पत्र समेत दिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक भुपाल बोहराले बताए । तीन महिलाले अहिले गाडी चलाउन गाडी खोजी रहेका छन् ।
करिब एक बर्षमा कार्य क्षेत्र सिगास र सुर्नया गाउँपालिकाका २० वटा समुहमा व्यवसायिक योजना निमार्ण सम्बन्धि तालिम प्रदान, २० समुहलाई सिपविकास तालिम, ७४ जनालाई व्यवसायिक लसुन र व्याज खेतिमा सहयोग, १ सय ३६ जनालाई व्यवसायिक आलु खेतीमा सहयोग, ४० जना किसानलाई बेमौसमि तरकारिका लागि प्लास्टिक टनेल सहयोग, २० जनालाई बन्दा खेतीमा सहयोग, ६९ जनालाई अदुवा खेतीमा सहयोग गरेको साडा नेपालका कृषि प्रविधिक दिपेश सिह धामीले बताए ।
१६ जनालाई व्यवसायिक शिप विकास तालिम जसमा सिलाई कटाई १० जना महिला र ४ जना महिला सवारी चालक तालिम र २ जनाले व्यटिपालरको तालिम लिएका छन् । संस्थाले १६ एकल महिला, भुमीहिन दलितलाई २० हजार बराबारको बाख्रा वितरण गरेको जनाएको छ ।
दुई जनवायुमैत्रि कृषक पाठशाला सञ्चालन, ६ फार्म र ६ समुह दर्तामा सहयोग, २० समुहमा पारिवारिक संवाद कार्यक्रम र २० समुहमा रिफ्लेक्ट सञ्चालन गरेको परियोजनका बैतडी जिल्ला कार्यक्रम संयोजक बोहराले बताए ।
पहाडी क्षेत्रमा महिला किसानको सशक्तीकरण
मकै छोडाउने सेलर यन्त्र, धान रोप्ने ट्रान्सप्लान्टर, कफी संकलन गर्ने झोला र मिनीटिलर यन्त्रले महिला किसानहरूको कामको बोझ घटाएका छन् ।
पहाडी क्षेत्रका महिला किसानहरूलाई कामको बोझ मुलुककै अन्य क्षेत्रका महिलाका तुलनामा अत्यधिक छ । पुरुषहरू रोजगारीको खोजीमा बाहिर जाने तथा बसाइँसराइ (आप्रवासन) को दर बढेसँगै कृषिकार्यको परम्परागत लैंगिक विभाजन विखण्डित हुँदै गएकाले महिलाहरूले घरधन्दासँगै खेतीपातीको ठूलो जिम्मेवारी पनि सम्हाल्नुपरेको छ ।
महिलाहरूले घरेलु कामकाज तथा सामुदायिक गतिविधिका साथै खेतबारी खनजोत गर्ने, बाली लगाउने, काट्ने र भित्र्याउने अनि कृषि उत्पादनको बजारीकरण गर्नेजस्ता परम्परागत रूपमा पुरुषहरूले गर्दै आएका कामको पनि जिम्मेवारी लिनुपरेको छ । तर उनीहरूको यस्तो योगदान अवैतनिक मात्रै हुँदैन, परिवार तथा समुदायसामु त्यो अदृश्य पनि रहन्छ र सरकारका नीतिनियम तथा कृषि कार्यक्रमहरूमा त्यसको झल्कोसम्म देखिँदैन ।
महिलाहरूको सुखसयल तथा आर्थिक–सामाजिक कल्याणका दृष्टिले चिन्ताको विषय हो यो । यस्तो बोझ हटाएर महिलाहरूलाई आफ्ना स्रोतसाधन व्यवस्थापन गर्न र आकांक्षा पछ्याउन सहयोग हुने खालका केही पहल नभएका होइनन्, तर अझै पनि जमिनको स्वामित्वमा प्रायः महिला किसानहरूको पहुँच सीमित छ, नेपालका प्रत्येक पाँच महिलामध्ये एक जनासँग मात्रै जमिनको स्वामित्व छ । कृषि औजार तथा प्रविधि, तालिम, सूचना, आर्थिक ऋण तथा विस्तारक सेवासम्म महिला किसानको पहुँच अत्यन्तै न्यून छ ।