मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रदेश सभामा पठाए पत्र

धनगढी: सुदूरपश्चिम प्रदेशमा अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा विश्वासको मतको सामना गर्ने भएका छन्।

मुख्यमन्त्री सोडारीले पदबाट राजिनामा नदिई यहि १८ गते विश्वासको मतको सामना गर्ने भएका हुन्।

उनले आज (बुधबार) प्रदेश सभामा पत्र पठाउँदै विश्वासको मत लिने भएकाले बैठकको व्यवस्थापनका लागि अनुरोध गरेका छन्।

‘मेरो नेतृत्वमा गठित सुदूरपश्‍चिम प्रदेश सरकारमा सहभागी केही राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१ साउन १८ गते शुक्रबारका दिन विश्‍वासको मत लिने भएको हुँदा सो अनुसार प्रदेश सभा वैठक व्यवस्थापनका लागि’ १८ गते बैठक आह्वान गर्न उल्लेख छ।

उनले शुक्रबार दिनको ४ बजे बैठक आह्वान गर्नका लागि पठाएको पत्र प्रदेश सभामा दर्ता भएको सभामुख भीमबहादुर भण्डारीले बताए।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!