७३ जिल्ला फैलियो डेंगु‚ विरामीको संख्या २ हजार नाघ्यो

काठमाडौँ : देशभरि ७३ जिल्लामा डेंगु फैलिएको छ भने विरामीको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लामा डेंगुका विरामीको संख्या २ हजार ६१ जना पुगेको जानकारी दिए ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगुका विरामी अझ बढ्न सक्ने अनुमान गरेको उनले बताए ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ । सबैभन्दा बढी काठमाडौँमा २४९ जनामा डेंगु देखिएको छ । झापामा १३० जना र चितवनमा १०५ जनामा डेंगु देखिएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा नै डेंगुका विरामीको संख्या ३१६ जना पुगेको छ ।काठमाडौँमा २४९ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा २९ जना डेंगुका विरामी छन् । रोग शाखा प्रमुख डा दाहालले डेंगु अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

“डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै वेला झुल प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ”, उनले भने ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.