डडेल्धुरा:
डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ। जिल्लाको अजयमेरु गाउँपालिका-३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको गाउँ पालिका अध्यक्ष उमेश भट्टले बताए।
चितुवा कसरी मर्यो एकिन नभएको र सो बारेमा आवश्यक जाँचबुझका लागि जिल्ला वन कार्यालयको टोलि उक्त स्थानतिर गएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ।
केहीदिन अगाडी जिल्लाकै गन्यापधुरा गाउँपालिका- १ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।