बैतडीको पाटन नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप पालिका घोषणा

ललित बोहरा, बैतडी: 

बैतडीको पाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।  आज एक कार्यक्रमकाबीच जिल्लाकै पहिलो पूर्ण खोप पालिका घोषणा  गरिएको छ ।
१६ देखि २३ महिनाका बालबालिकाहरुले सबै १२ प्रकारका खोप लगाईसकेको हुनाले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले जानकारी दिए ।
नगरपालिका स्तरीय खोप समुन्वय समितिका प्रमुख एवम नगर प्रमुख गौरी सिंह रावल, उप प्रमुख कमल बोहरा, १० वटै वडाका अध्यक्ष, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट, नगरपालिका स्थित स्वास्थ्य चौकीका प्रमुख एवम प्रतिनिधि लगायतको उपस्थितीमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

हरेक बर्ष सरकारले वडा, पालिका, जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गन्रे गर्दछ ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!